Thursday, January 3, 2013

“पूर्णा” मा समर्पण


पूजा गर्छु तिमीलाई फूल नित्य चढाउँछु
पूर्ण हौ, पूर्ण छौ पूर्णा ! पूर्ण श्रध्दा चढाउँछु !
(1)

पूर्णको पूर्ण विस्तीर्ण पूर्ण प्रेम चढाउँछु
दिव्य सौन्दर्यको पूर्ण-आभा-पूर्ण चढाउँछु !
(2)

प्रेम गङ्गे ! तिमी पूर्णा ! व्योमब्रह्म चढाउँछु
पूर्ण झन्कारको नाद शब्दब्रह्म चढाउँछु !
(3)

तिमी पुर्णा ! तिमी प्रेमा ! तिमी सम्पूर्ण पूर्णता
सद्य-स्नात सुधानन्द ! ब्रह्मनाद चढाउँछु !
(4)

आहा मेरी प्रिया पूर्णा ! दिव्यनाद चढाउँछु
मेरी अन्तर्यकी देवी ! नाद बिन्दु  चढाउँछु  !
(5)

:नरेन्द्र पराशर

No comments:

Post a Comment