महाउष्ण तातो यतै आउँदैछ
बढारेर लाने डढाएर खाने,
महाउग्र ज्वाला यतै आउँदैछ !
सबै सभ्यता भव्यता ध्वस्त पार्दै
भताभुङ्ग सारा लथलिङ्ग पार्दै
महा क्रोधको अग्निवर्षा हुँदैछ
विपत्ति ब्यथा वेदना ल्याउँदैछ !
जसै झोल भै पग्लिने छन् हिमाल
उसै सागरै अग्लिने छन् विशाल
महाघाम ज्वालामुखी ओर्लिदैछ
महामृत्युले जाल फैलाउँदैछ !
यहाँ नित्य बढ्दैछ तातो उदेक
सबै ढुक्क छन् चिन्तना छैन एक
नखाओस् कुनै अग्निले यो समाज
खनौँ है खनौँ है कुवा झट्ट आज !
बचाऊँ र रोपौँ सयौँ रूख-बोट
बनी नीलकण्ठै निलून् कालकूट
धूवाँ-शूक्ष्म-धूलो घटाऊँ हटाऊँ
बचाएर प्राणी सबै बाँच्न पाऊँ !
:नरेन्द्र पराशर
बढारेर लाने डढाएर खाने,
महाउग्र ज्वाला यतै आउँदैछ !
सबै सभ्यता भव्यता ध्वस्त पार्दै
भताभुङ्ग सारा लथलिङ्ग पार्दै
महा क्रोधको अग्निवर्षा हुँदैछ
विपत्ति ब्यथा वेदना ल्याउँदैछ !
जसै झोल भै पग्लिने छन् हिमाल
उसै सागरै अग्लिने छन् विशाल
महाघाम ज्वालामुखी ओर्लिदैछ
महामृत्युले जाल फैलाउँदैछ !
यहाँ नित्य बढ्दैछ तातो उदेक
सबै ढुक्क छन् चिन्तना छैन एक
नखाओस् कुनै अग्निले यो समाज
खनौँ है खनौँ है कुवा झट्ट आज !
बचाऊँ र रोपौँ सयौँ रूख-बोट
बनी नीलकण्ठै निलून् कालकूट
धूवाँ-शूक्ष्म-धूलो घटाऊँ हटाऊँ
बचाएर प्राणी सबै बाँच्न पाऊँ !
:नरेन्द्र पराशर
No comments:
Post a Comment