तिमी चाड तिमी पर्व तिमी आनन्द उत्सव
तिमी माया तिमी प्रेम तिमी श्रद्धा महोत्सव !!
सम्झनाको बगैँचामा तिमीसाथ म बस्दछु
सिमलको भुवाजस्तै तिम्रैछेउ म खस्दछु !!
सपनाको बिहानीमा तिम्रै मन्दिर धाउँछु
प्रेमको लागि यो प्रेम भन्दै प्रेम चडाउँछु !!
कल्पनाको तलैयामा तिमीसाथ म घुम्दछु
तिमीलाई चियाएर फूललाई म चुम्दछु !!
तिमी फूल तिमी जून तिमी आनन्द उत्सव
तिमी प्रेम तिमी माया तिमी श्रद्धा महोत्सव !!
:नरेन्द्र पराशर
(शृंगारसुधा कवितासङ्ग्रहबाट)
No comments:
Post a Comment