औँसीको रातमा तारा, आश्चर्य अर्कै भयो
सुकेका पात ती देख्दा, आनन्द लाग्ने भयो
चित्रका फूलमै बास्ना, मग्मग चल्ने भयो
भेटेपछि तिमीलाई, यो के भयो के भयो ?!
हिँड्दा त्यो साँघुरो बाटो, गार्हो नलाग्ने भयो
झरोस् है शिरमा ढुङ्गो, सार्हो नलाग्ने भयो
लागोस् ईज्जतमा दाग, पीरै नलाग्ने भयो
भेटेपछि तिमीलाई यो के भयो के भयो ?!
कविता फुर्न पो थाल्यो, लौ लौ नयाँ के भयो
पढ्नमा मन जाँदैन, एक्जाम् नदिए भयो
सम्झना भो सधैं मीठो, निद्रा नलाग्ने भयो
भेटेपछि तिमीलाई, यो के भयो के भयो ?!
डाँडाकाँडाहरू देख्दा नाचौँ कि जोरै भयो
मीठो खानेकुरा पाए, साचौँ कि थोरै भयो
हाँस्दै हिँड्ने भएँ एक्लै, लौ हेर यो के भयो ?
भेटेपछि तिमीलाई यो के भयो के भयो ?!
चित्रका फूलमै बास्ना, मग्मग चल्ने भयो
भेटेपछि तिमीलाई, यो के भयो के भयो ?!
हिँड्दा त्यो साँघुरो बाटो, गार्हो नलाग्ने भयो
झरोस् है शिरमा ढुङ्गो, सार्हो नलाग्ने भयो
लागोस् ईज्जतमा दाग, पीरै नलाग्ने भयो
भेटेपछि तिमीलाई यो के भयो के भयो ?!
कविता फुर्न पो थाल्यो, लौ लौ नयाँ के भयो
पढ्नमा मन जाँदैन, एक्जाम् नदिए भयो
सम्झना भो सधैं मीठो, निद्रा नलाग्ने भयो
भेटेपछि तिमीलाई, यो के भयो के भयो ?!
डाँडाकाँडाहरू देख्दा नाचौँ कि जोरै भयो
मीठो खानेकुरा पाए, साचौँ कि थोरै भयो
हाँस्दै हिँड्ने भएँ एक्लै, लौ हेर यो के भयो ?
भेटेपछि तिमीलाई यो के भयो के भयो ?!
नरेन्द्र पराशर
No comments:
Post a Comment