ईमान्दार
परिश्रमी
असल र नम्र
एक विशिष्ट व्यक्तित्व -’डा. श्री होमनाथ… !’
शैशवावस्थादेखिकै विलक्षण प्रतिभा
गाउँमा त सानैमा पर्याप्त नाम कमाइसकेका
लगन, विश्वास र साधनाले
सहरमा पनि राम्रैगरी खुट्टा टेकिसकेका
सदैव चिन्तनशील
लेकको हुस्सुमा पनि जाडोले नकाँपेको
‘ओक’को जब्बर रूखजस्तै
सदैव अनुभवी
डा. श्री होमनाथ…!
कहीँ उनी वरिष्ठ ‘कवि’ भए
कहीँ उनी वरिष्ठ ‘लेखक’ भए
कहीं उनी झण्डै झण्डै वरिष्ठ ‘पत्रकार’ भए
कहीँ उनी वरिष्ठ ‘स्तम्भकार’ भए
कहीँ उनी वरिष्ठ ‘समालोचक’ भए
कहीँ उनी वरिष्ठ ‘प्राध्यापक’ भए
कैय्यौँ कार्यक्रममा त प्रमुख ‘अतिथि’ भए
अर्थात् जहाँ जहाँ समयले जे जे बनाइदियो
सहर्ष स्वीकार गरे डाक्टर साहेबले
सबै सबै पगरीहरू
र
‘एब्स्ट्र्याक्ट’ जीवनमा
भरिरहे ‘एब्स्ट्र्याक्ट’ सौन्दर्यका ‘विनिर्माण’ पत्रहरू….!
अनि खोतल्ने प्रयास गरिरहे
तिनै पत्रै-पत्रभित्रका अनेकन् उत्तर आधुनिक रहस्यहरू
र बताइदिए सबैलाई
विचार गोष्ठीहरूमा
पत्रकार सम्मेलनहरूमा
पुस्तक विमोचन समारोहहरूमा
‘जीवन र जगत् रहस्यमय छ…!’
र
एफ्. एम्. रेडियोहरूमा धेरैले उनलाई सुने
टिभीहरूमा धेरैले उनलाई हेरे
पत्रिकाहरूमा धेरैले उनलाई पढे
तब उनी
एउटा सानो बालकजस्तै
चमत्क्रित भए
सोझोसाझो दुनिया देखेर
र आफैँले आफैँलाई
उपनिषद्कालीन ऋषिजस्तै देखे
ज्ञानी र पूर्ण…!
अनि उनलाई
सामाजिक उत्तरदायित्वको बोध भयो
र ‘गाउँ’को याद आयो
टाढा रहेको जन्म-भूमिको
‘जननी, जन्मभूमिश्च’ को सम्झना आयो
र उनी हान्निए गाउँतिर…!
उहिलेजस्तै जस्ताको त्यस्तै
कुहिएको खरको छानाबाट
बेमौसममा परेको झरीको पानी
छिमेकी ‘बिर्खबहादुर’को कुखुराले बिस्ट्याएको
बलेँसीमा खस्दा
उठेका पानीका फोकाहरू हेर्न थाले उनी
“ए जेठा, पानीका फोकाहरूमा
जीवनको कुन रङ भर्छस्…?”
नब्बे नाघेकी
निरक्षर आमाको बोली
जब उनले सुने
तब झल्याँस्स भए डाक्टर साहेब
लामो निद्राबाट ब्युँझिएजस्तै …!
:नरेन्द्र पराशर
परिश्रमी
असल र नम्र
एक विशिष्ट व्यक्तित्व -’डा. श्री होमनाथ… !’
शैशवावस्थादेखिकै विलक्षण प्रतिभा
गाउँमा त सानैमा पर्याप्त नाम कमाइसकेका
लगन, विश्वास र साधनाले
सहरमा पनि राम्रैगरी खुट्टा टेकिसकेका
सदैव चिन्तनशील
लेकको हुस्सुमा पनि जाडोले नकाँपेको
‘ओक’को जब्बर रूखजस्तै
सदैव अनुभवी
डा. श्री होमनाथ…!
कहीँ उनी वरिष्ठ ‘कवि’ भए
कहीँ उनी वरिष्ठ ‘लेखक’ भए
कहीं उनी झण्डै झण्डै वरिष्ठ ‘पत्रकार’ भए
कहीँ उनी वरिष्ठ ‘स्तम्भकार’ भए
कहीँ उनी वरिष्ठ ‘समालोचक’ भए
कहीँ उनी वरिष्ठ ‘प्राध्यापक’ भए
कैय्यौँ कार्यक्रममा त प्रमुख ‘अतिथि’ भए
अर्थात् जहाँ जहाँ समयले जे जे बनाइदियो
सहर्ष स्वीकार गरे डाक्टर साहेबले
सबै सबै पगरीहरू
र
‘एब्स्ट्र्याक्ट’ जीवनमा
भरिरहे ‘एब्स्ट्र्याक्ट’ सौन्दर्यका ‘विनिर्माण’ पत्रहरू….!
अनि खोतल्ने प्रयास गरिरहे
तिनै पत्रै-पत्रभित्रका अनेकन् उत्तर आधुनिक रहस्यहरू
र बताइदिए सबैलाई
विचार गोष्ठीहरूमा
पत्रकार सम्मेलनहरूमा
पुस्तक विमोचन समारोहहरूमा
‘जीवन र जगत् रहस्यमय छ…!’
र
एफ्. एम्. रेडियोहरूमा धेरैले उनलाई सुने
टिभीहरूमा धेरैले उनलाई हेरे
पत्रिकाहरूमा धेरैले उनलाई पढे
तब उनी
एउटा सानो बालकजस्तै
चमत्क्रित भए
सोझोसाझो दुनिया देखेर
र आफैँले आफैँलाई
उपनिषद्कालीन ऋषिजस्तै देखे
ज्ञानी र पूर्ण…!
अनि उनलाई
सामाजिक उत्तरदायित्वको बोध भयो
र ‘गाउँ’को याद आयो
टाढा रहेको जन्म-भूमिको
‘जननी, जन्मभूमिश्च’ को सम्झना आयो
र उनी हान्निए गाउँतिर…!
उहिलेजस्तै जस्ताको त्यस्तै
कुहिएको खरको छानाबाट
बेमौसममा परेको झरीको पानी
छिमेकी ‘बिर्खबहादुर’को कुखुराले बिस्ट्याएको
बलेँसीमा खस्दा
उठेका पानीका फोकाहरू हेर्न थाले उनी
“ए जेठा, पानीका फोकाहरूमा
जीवनको कुन रङ भर्छस्…?”
नब्बे नाघेकी
निरक्षर आमाको बोली
जब उनले सुने
तब झल्याँस्स भए डाक्टर साहेब
लामो निद्राबाट ब्युँझिएजस्तै …!
:नरेन्द्र पराशर
No comments:
Post a Comment