पानी खोजेर पानीले धूलोलाई बगाउँछ
थोपा, छाँगा, नदी बन्दै सागरैतिर धाउँछ !
जे जो बाधा बनी बाटो छेक्न उभिन आउँछ
पन्छाउँदै सबै बाधा बाँधैलाई बगाउँछ !
खस्छ ऊ कहिले झर्ना सौन्दर्यमा रमाउँछ
थुप्रिएर कहीँ ताल शक्ति सञ्चय पाउँछ !
धमिलो पनि ऊ बन्छ भेल भै बहुलाउँदा
रसिलो पनि ऊ हुन्छ यात्री-प्यास बुझाउँदा !
भू-गर्भमा उही बस्छ, चड्छ उत्तुङ्ग टाकुरा
बुढा रूख उही ढाल्छ पोस्छ नवीन आँकुरा !
शीत-थोपा उही खस्छ लालगुलाफ फूलमा
बिलाउँछ उही बाफ, उही उम्रिन्छ मूलमा !
उही बादल हो पानी, असिना, हिउँ हो उही
पुष्पको रङ हो लाल, कराल छाल हो उही !
पानीले बिजुलीलाई पानी पानी बनाउँछ
सृष्टिले दृढ यो पानी जानी जानी बनाउँछ !
:नरेन्द्र पराशरथोपा, छाँगा, नदी बन्दै सागरैतिर धाउँछ !
जे जो बाधा बनी बाटो छेक्न उभिन आउँछ
पन्छाउँदै सबै बाधा बाँधैलाई बगाउँछ !
खस्छ ऊ कहिले झर्ना सौन्दर्यमा रमाउँछ
थुप्रिएर कहीँ ताल शक्ति सञ्चय पाउँछ !
धमिलो पनि ऊ बन्छ भेल भै बहुलाउँदा
रसिलो पनि ऊ हुन्छ यात्री-प्यास बुझाउँदा !
भू-गर्भमा उही बस्छ, चड्छ उत्तुङ्ग टाकुरा
बुढा रूख उही ढाल्छ पोस्छ नवीन आँकुरा !
शीत-थोपा उही खस्छ लालगुलाफ फूलमा
बिलाउँछ उही बाफ, उही उम्रिन्छ मूलमा !
उही बादल हो पानी, असिना, हिउँ हो उही
पुष्पको रङ हो लाल, कराल छाल हो उही !
पानीले बिजुलीलाई पानी पानी बनाउँछ
सृष्टिले दृढ यो पानी जानी जानी बनाउँछ !
No comments:
Post a Comment