Wednesday, January 2, 2013

‘शिखरका खरका झुपडी मुनि’


मृदु हरा लहरा पहरासँग
रजतका छतका छहरासँग
म त हिँडेँ कमलो र गुणी बनी
शिखरका खरका झुपडीमुनि !

विपिनमा मुरली खगमा बजी
विटपमा लटरम्मा सजिधजी
सुमन बन्न हिँडेँ म बनी धनी
शिखरका खरका झुपडीमुनि !

शहरका घरका भरमा परी
हृदयकी वसुधा मरुमा झरी
प्रकृतिका कृति ली म हिँडेँ छु नि
शिखरका खरका झुपडीमुनि !

रकमका कमका गम छन् न ता
चउरका उरका मन छन् त्यता
अब सनातन मुक्त  हिँडेँ मुनि
शिखरका खरका झुपडीमुनि !

:नरेन्द्र पराशर


No comments:

Post a Comment