छ कालो, छ कालो, छ कालो, छ केश
छ लामो, छ लामो, छ लामो, छ केश
छ आकाशको बादलूदार केश
छ है अप्सरा उर्बशीदार केश…!
झरेको नदीझैँ कटीसम्म केश
हवासाथ नाच्ने भुवादार केश
छ नौनीसमानै अहो ! नम्र केश
छ लाली चढेको हयादार केश…!
अहो सुस्तरी कोर्नु त्यो झर्न सक्छ
नबाँधी नराख्नु जगै मर्न सक्छ
बनाएर खोपा लुकाऊ सबेरै
अहो ! अन्यथा मर्दछन् प्राण धेरै…!
नशादार तिम्रो सुरायुक्त केश
नझड्कार कैल्यै नुहाएर धेर
धुवाँ आरती झैँ अहा ! मिष्ट केश
म बिग्रेँ बिलाएँ गरी त्यैँ प्रबेश…!
: नरेन्द्र पराशर
छ लामो, छ लामो, छ लामो, छ केश
छ आकाशको बादलूदार केश
छ है अप्सरा उर्बशीदार केश…!
झरेको नदीझैँ कटीसम्म केश
हवासाथ नाच्ने भुवादार केश
छ नौनीसमानै अहो ! नम्र केश
छ लाली चढेको हयादार केश…!
अहो सुस्तरी कोर्नु त्यो झर्न सक्छ
नबाँधी नराख्नु जगै मर्न सक्छ
बनाएर खोपा लुकाऊ सबेरै
अहो ! अन्यथा मर्दछन् प्राण धेरै…!
नशादार तिम्रो सुरायुक्त केश
नझड्कार कैल्यै नुहाएर धेर
धुवाँ आरती झैँ अहा ! मिष्ट केश
म बिग्रेँ बिलाएँ गरी त्यैँ प्रबेश…!
: नरेन्द्र पराशर
No comments:
Post a Comment