शनिश्चरे बजारको अलि माथ्लापट्टि
आहा, माइला लिम्बुको भट्टी !!
फाक्सा, चना र भुजा
साथमा स्टिलको एउटा गिलास
फकत् पन्द्र रुपैयाँ….!
शनिश्चरे बजारको अलि माथ्लापट्टि
आहा, माइला लिम्बुको भट्टी !!!
त्यै पन्द्र रुपैयाँ पनि
आज दिए पनि हुने,
भोलि दिए पनि हुने
दिंदै नदिए पनि हुने
एकै गिलासले नाइटोसम्मै छुने
अहंको बिसर्जन
बहसको सिर्जन
शनिश्चरे बजारको अलि माथ्लापट्टि
आहा, माइला लिम्बुको भट्टी !!!
धर्म निरपेक्ष…
जाति निरपेक्ष…
वर्ग निरपेक्ष…
पार्टी निरपेक्ष…
गजरामा बसेर आकाशमा उड्न पाइने
अनन्त आनन्दको अपूर्व बर्षा
शनिश्चरे बजारको अलि माथ्लापट्टि
आहा, माइला लिम्बुको भट्टी !!!
:नरेन्द्र पराशर
फाक्सा, चना र भुजा
साथमा स्टिलको एउटा गिलास
फकत् पन्द्र रुपैयाँ….!
शनिश्चरे बजारको अलि माथ्लापट्टि
आहा, माइला लिम्बुको भट्टी !!!
त्यै पन्द्र रुपैयाँ पनि
आज दिए पनि हुने,
भोलि दिए पनि हुने
दिंदै नदिए पनि हुने
एकै गिलासले नाइटोसम्मै छुने
अहंको बिसर्जन
बहसको सिर्जन
शनिश्चरे बजारको अलि माथ्लापट्टि
आहा, माइला लिम्बुको भट्टी !!!
धर्म निरपेक्ष…
जाति निरपेक्ष…
वर्ग निरपेक्ष…
पार्टी निरपेक्ष…
गजरामा बसेर आकाशमा उड्न पाइने
अनन्त आनन्दको अपूर्व बर्षा
शनिश्चरे बजारको अलि माथ्लापट्टि
आहा, माइला लिम्बुको भट्टी !!!
:नरेन्द्र पराशर
No comments:
Post a Comment