हामीलाई के लाग्छ भने पानी प्रसस्त मात्रामा पाइनेे पदार्थ हो। तर वास्तविकता केही फरक छ। पृथ्वीको दुई तिहाई भाग पानीले ढाकेको छ। तर त्यो सामुद्रिक नुनिलो पानी भएकोले खर्चिलो प्रशोधन संयन्त्रबिना मानिसको उपयोगका लागि अनुपयुक्त हुन्छ। मानिसले उपयोगमा ल्याउँनसक्ने पानीलाई फ्रेस वाटर वा ताजा पानी भनिन्छ र यसप्रकारको पानी धर्तीमा जम्म्ााजम्मी तीन प्रतिशतभन्दा पनि कम छ। यसरी उपयोगमा ल्याउँन सकिने पानीमध्ये पनि २.५ प्रतिशत पानी ध्रुवीय ख48ड र उच्च हिमाली क्षेत्रमा हिउँको रुपमा जमेर रहेकोछ। त्यसै गरी ०.६८ प्रतिशत जमीनमुनि रहेको छ। हावामा रहेको यस्तो पानीको प्रतिशत ०.०४ छ र तलाउ र दह तथा नदीहरुमा त जम्मा ०.०१ प्रतिशत मात्र छ (यो तथ्याङ्क स्ा्रोतअनुसार केही फरक पनि देखिन्छ)। यसरी भन्दा संसार भरी रहेको पानीमध्ये एक प्रतिशतभन्दा पनि कम पानीमा मात्र मानिसको पहुँच पुग्नसक्छ। त्यसै गरी मानिसको सिंगो शरीरमा करीव ६५ प्रतिशतसम्म पानीको मात्रा रहेको हुन्छ भने रगतमा ८३ प्रतिशत र मष्तिष्कमा ७० प्रतिशत पानी रहेको हुन्छ। वनस्पतिमा प्रजाति र अवस्थाअनुसार ६० देखि ९० प्रतिशतसम्म पानी पाइन्छ।
सामुद्रिक नुनिलो पानी पिउन योग्य नभए पनि संसारभरिकै पानीको मुटु भनेको समुद्र नै हो। जलचक्रमा समुद्रकै पानी नियमन भइरहेको हुन्छ। धर्तीमा सूर्यको प्रकाश पर्ने समय(फोटो पिरियाडिज्म)अनुसार ऋतुहरु बदलिन्छन् र मौसम पनि परिवर्तन हुन्छ। यसमा पानीको निकै महत्वपूर्ण भूमिका रहेको कुरो हामीले सदैव महसुश गरिआएका छौँ।
पानी अनौठो प्रकारको रसायन हो। यो ठोस, तरल र ग्यासका रुपमा सहजै रहनसक्छ। पृथ्वीको सबैभन्दा होचो ठाउँदेखि लिएर सबैभन्दा अग्लो स्थानसम्म्ा पनि पानीको अस्तित्व उत्तिकै महत्वपूर्णरुपमा रहेको छ। यसको विशेष प्रकारको ताप ग्रहण गर्ने क्षमता(स्पेसिफिक हिट क्यापासिटी)ले हामीलाई निकै ठूलो गुण लगाएको हुन्छ। साथै पानी आफैँमा अम्लीय (एसिडिक) र क्षारीय (बेस) पनि हो।
हाम्रो देश जलसम्पदाको हिसाबले निकै सम्पन्न मानिन्छ। हिमालयबाट उद्भव भएका हाम्रा कोशी, ग48डकी, कर्णाली र महाकालीजस्ता ठूला चार नदीहरुमा सिङ्गै देशको करीव ९० प्रतिशत पानी बग्दछ। हाल हाम्रो देशको जनसंख्यालाई यहाँ पाइने पानी भाग लगाउँदा प्रति व्यक्ति ८,००० क्यु.मि. पुग्ने अनुमान गरिएको छ र यसरी नेपाल ब्राजिलपछि जलस्रोत उपयोगको क्षमताका आधारमा दोस्रो ठूलो देश मानिएको हो, विद्युत् उत्पादनको क्षमताको कारणले होइन।
सृष्टिको शुरुआतदेखि नै मानव सभ्यताहरु नदी किनारहरुमै विकास हुँदै आएका हुन्। अन्न उत्पादन तथा पशुपालनमा पानीको महत्वपूर्ण भूमिका रहेको कुरा हामी सबैलाई थाहा छ। उसै गरी माानव सभ्यतालाई आधुनिक वैज्ञानिक युगमा प्रवेश दिने सौभाग्य पनि पानीले नै पायो। अठारौँ शताब्दीको उत्तरार्धमा जेम्सवाटले वाष्पयन्त्र तयार गरेपछि मानवसभ्यता यान्त्रिक युगमा प्रवेश गरेको हो। त्यस उपरान्त आजका दिनसम्म आइपुग्दा पानीको आवश्यक्ता र महत्व झन् झन् बढ्दै गइरहेको छ। आजभोलि आणविक ऊर्जा उत्पादनका लागि ताजा पानीको दोहन चर्को रुपले हुनेगर्दछ। आणविक भट्टीको ताप अनुकूलनका लागि करौडौं लिटर पानी दैनिक रुपले प्रयोग गरिएको हुन्छ। जापानमा भर्खरै विस्फोट भएको फुकुसिमा दाइची आणविक भट्टीमा दैनिक सात अर्ब ग्यालन(एक ग्यालन बराबर ३.७८ लिटर) पानी प्रयोग भइरहेको कुरा निकै आश्चर्य लाग्दो छ। र यस्ता भट्टीहरु विश्वमा धेरैवटा छन् भन्ने कुरा हामीले बुझ्नुपर्दछ।
संसारमा भइरहेको जनसंख्याको तीव्र वृद्धिको कारणले ताजा पानीको माग पनि उत्तिकैरुपमा बढ्दै जाँदा यस्ता स्रोतहरुमा धनी राष्ट्रहरुका आँखा पनि निकै तिखारिदै गएको कुरा यहाँनेर बिर्सिनु हुँदैन। प्राकृतिक स्रोत व्यवस्थापनका अनुसन्धाताहरु अबको युद्ध पानीको स्रोत कब्जा गर्ने प्रयासका कारण हुनसक्ने अनुमान गर्दछन्। तसर्थ विश्वमा पानीको अर्थ राजनीतिको महत्व कतिसम्म बढिसकेको रहेछ भन्ने कुरा स्पस्ट हुन्छ।
हाम्रो देशको सवालमा अनादिकालदेखि नै पानी श्रद्धा र पवित्रताको प्रतीक रहिआएको छ। हामी नदी र तलाउलाई श्रद्धा र भक्तिपूर्वक पूजा आराधना गर्छौँ। हाम्रो धार्मिक, आध्यात्मिक र सांस्कृतिक परिवेशमा पानी सदैव जीवनको अभिन्न अङ्गको रुपमा रहिआएको छ। नेपालमा पानीको आधुनिक उपयोग बीरधारा(सन् १८९३)बाट शुरु भएको हो र सन् १९२८ मा फर्पिङ् जलविद्युत् केन्द्र स्थापना भए पनि हालसम्म हामीकहाँ दिनानुदिन पानी र ऊर्जाको सङ्कट बढ्दै गएको छ। पानी व्यवस्थापनका लागि प्रशस्त धनराशि र उचित जलउपयोग नीतिको आवश्यकता पर्दछ। तर हामी यी दवै कुरामा सबल भइसकेको अवस्था छैन। एक अर्बभन्दा पनि बढी जनसंख्या भएको छिमेकी मित्रराष्ट्र भारतमा पनि पानीको सङ्कट चर्को रुपले बढिरहेकोछ र ऊ दक्षिण एसियाकै पानीमा एकछत्र अधिकार जमाउँने दिशामा रणनैतिक योजनासहित अगाडि बढिरहेको देखिन्छ। र ऊ नेपालको पानीलाई आफ्नो स्वार्थमा उपयोग गर्न भरमग्दुर प्रयासरत छ। कोशी, ग48डकी तथा महाकाली नदीमा भएका सम्झौताहरु नै यसका केही नमुनाहरु हुन्। हामीले हाम्रा सीमावर्ती नदीनालाहरुलाई अन्तराष्ट्रिय मूल्यमान्यताका आधारमा नै उपयोग गर्न सक्नुपर्दछ। अन्यथा हामी हाम्रै हिमालमुनि पनि तीर्खै मर्नुपर्ने दुरवस्थामा पुग्नसक्ने बाध्यता आइलाग्न सक्छ।
आज संसारभरि सहरहरुका लागि पानी भन्ने नाराका साथ विश्व पानी दिवस मनाइदै छ। सन् १९७२ मा अन्तराष्ट्रिय वातावरण र विकास सम्मेलनमा पानी र वातावरणबारे छलफल हुन थालेपछि पानी अन्तराष्ट्रिय चासोको विषय बन्नपुग्यो। त्यस्तै मार डे प्लाटा(अर्जेन्टिना, १९७७) र डब्लीन(आयरल्या48ड १९९२) का सम्मेलनहरुले पानीको विश्वव्यापी आवश्यक्ता र उपयोगको विषयमा केही महत्वपूर्ण मान्यताहरुलाई अगाडि सारे भने सन् १९९२ को रियो डि जिनेरियो (ब्राजिल)को पृथ्वी शिखर सम्म्ेलनले विश्व पानी दिवस मनाउँने निर्णय गरेपछि सन् १९९३ बाट लगातार यो दिवस मनाइदै आएको छ। ग्लोबल वार्मिङ, एसिड रेन, पानीको प्रदूषण र चर्को दोहन, वन विनाश तथा भूउपयोगमा परिवर्तनजस्ता अनेकौँ कारणले विश्वकै ताजा पानी सङ्कटमा परेको बेला हामीले पनि पानीको इज्जत र दीगो विकास गर्न हाम्रा सोच र धारणाहरुमा समयानुकूल परिवर्तन गर्दै अपार जलभ48डारबाट असीम फइदा लिन तत्परता देखाउँनु पर्दछ। राजनैतिक स्थिरता र सहमति तथा आवश्यक इच्छाशक्ति जुटाउँन हो भने पानी व्यवस्थापनका लागि स्वदेशी लगानी नै हाम्रा लागि पर्याप्त हुन सक्दछ।
(पूर्व प्रकाशित)
धन्यवाद
: नरेन्द्र पराशर
No comments:
Post a Comment