जूठो चाटेर तेरो म प्रशंसा गर्न सक्दिनँ
फोहोरको उरुङ्माथि म बुट्टा भर्न सक्दिनँ
तेरोसामु घुँडा टेकी क्रिपा म थाप्न सक्दिनँ
स्वाभिमान म छातीको बन्धकी राख्न सक्दिनँ…..!
भव्य प्रासादमा बस्दै झुपडी पोल्न सक्दिनँ
च्याती गुलावका फूल सिउँडी पाल्न सक्दिनँ
तेरो बल्छीसँगै फस्ने चारो म ताक्न सक्दिनँ

प्यास लाग्यो भनी तेरो भट्टीमा छिर्न सक्दिनँ
माथि चढ्न भनी तेरो पाउमा गिर्न सक्दिनँ
मारी आफ्नो सुगा तेरो गिद्ध चैँ बोक्न सक्दिनँ

सेतोलाई भनी कालो झूटो म बोल्न सक्दिनँ
अमूल्य मोतिलाई म कौडीमा बेच्न सक्दिनँ
मीठो होला भनी तेरो बिष चै चाख्न सक्दिनँ
स्वाभिमान म छातीको बन्धकी राख्न सक्दिनँ……!
: नरेन्द्र पराशर

No comments:
Post a Comment