Friday, January 4, 2013

मान्छे को मन

फूललाई पढ्न गार्‍हो हुन्न
जूनलाई पढ्न गार्‍हो हुन्न
भाषालाई
शब्दलाई
अक्षरलाई पढ्न गार्‍हो हुन्न….!
समुद्रको गहिराइलाई
हिमालको उचाइलाई
फाँटको फैलाइलाई पढ्न गार्‍हो हुन्न….!
चराको
हिमखोलाको
वसन्तको गीतलाई पढ्न गार्‍हो हुन्न….!
गार्‍हो केवल एक ठाउँमा हुन्छ
लोग्नेमान्छेको मात्र होइन
स्वास्नीमान्छेको मात्र होइन
सिङ्गो मान्छेको मन पढ्न गार्‍हो हुन्छ
त्यो ज्यादै नबुझिने हुन्छ
मान्छेको मन पढ्न गार्‍हो हुन्छ….!!!

:नरेन्द्र पराशर

No comments:

Post a Comment