युद्ध ज्यादै मीठो हुन्छ सुन्नु, पढ्नु र हेर्नुमा
त्यही युद्ध निकै भारी हुन्छ आफैँ व्यहोर्नुमा !
जनयुद्धकालमा रोल्पा भन्ने बित्तिकै सबैका निधार खुम्चिन्थे । आ-आफ्ना स्कूलका विचारधाराअनुसार प्रशिक्षित बौद्धिकहरू त्यहाँ सौर्न्दर्य, आशा र नयाँ सपनाको प्रादर्ुभावदेखि भयानकता, व्रि्रुपता र तानाशाही अधिनायकवादको उदयको खतरा पनि देख्थे । तिनताका रोल्पालीहरू काठमाण्डौँका शासकहरूका लागि राज्यका दुश्मन थिए भला उनीहरू निहत्था र्सवसाधारण नै किन नहुन् । काठमाणडौँले युद्धको त्यस अवधिमा उनीहरूलाई क्षणभर पनि सफा नजरले हर्ेन नसकेको कुरा सत्य हो । वि. सं २०५१/५२ तिर काठमाण्डौँमा रातदिन चल्ने लाभ-हानिको हिसाबकितावमा रूमल्लिएको राजनैतिक नेतृत्व माओवादी जनयुद्धको तयारीको बारेमा या त बेखबर थियो या त्यस प्रकारको ‘केटाकेटीपन’लाई ‘किलो सेरा टु’ बाट नै सिध्याउने कुरामा विश्वस्त थियो । तर समय केही निष्ठुर पनि हुन्छ । आगोको सानो झिल्कोले डढेलोको रूप लिनसक्छ भन्ने कुरा हामीले आफ्नै आँखा अगाडि प्रत्यक्ष देखिसकेका छौँ ।
नेपालको तत्कालीन रोल्पाजस्तै भारतको छत्तीसगढ राज्यको दन्तेवाडालाई पनि सोही नजरले हेरिन्छ । भाकपा माओवादीको आधार्रर् इलाकाको रूपमा रहेको दन्तेवाडा धेरै सहरिया बुद्धिजीवीहरूको लागि रहस्यको विषय भएको छ । दन्तेवाडाको यथार्थलाई र्सार्वजनिक गर्नु पनि ठूलो जोखिमको विषय हो किनभने भारत सरकारले माओवादी सशस्त्र व्रि्रोहलाई आन्तरिक सुरक्षामा सबैभन्दा ठुलो खतरा मानेको छ र त्यहाँको गतिविधिमाथि कलम चलाउँन जो सुकैले चाहदैनन् वा सक्दैनन् । तर पनि त्यसप्रकारको जोखिमको सामना गर्दै अरुन्धती रोयले आउटलुक पत्रिकामा प्रकाशित गरेका दर्ुइ सनसनीखेज लेखहरूलाई आन्विका गिरी र विकास बस्नेतले नेपालीमा गरेको भाषानुवाद तथा भोगीराज चाम्लिङ सम्पादक रहेको ‘माओवादी कमरेडहरूसँग’ नामक पुस्तक मूल्याङ्कन प्रकाशन गृह, ढुङ्गाअड्डा, काठमाण्डौँले बजारमा ल्याएको छ ।
को हुन् अरुन्धती रोय – सन् १९६१ नोभेम्बर २४मा मेघालयको एउटा चिया बगानमा बंगाली हिन्दु पिता रन्जित रोय र क्रिश्चियन माता मेरीकी छोरी अरुन्धती अन्तराष्ट्रियस्तरमै चर्चामा आइसकेकी लेखिका हुन् । उनको आत्मपरक संस्मरणजस्तो लाग्ने उपन्यास ‘द गड अफ स्मल थिंग्स’ ले सन् १९९७ मा प्रसिद्ध बुकर पुरस्कार पायो र त्यसै गरी उनले २००४ मा सिड्नी शान्ति पुरस्कार र सन् २००६ मा साहित्य एकेडेमी पुरस्कार पनि प्राप्त गरिन् । नवसाम्राज्यवाद विरोधी छवि बनाएकी अरुन्धती युद्ध विरोधी, आदिबासी जनजाति र सीमान्तकृत वर्गको अधिकार तथा वातावरण संरक्षणमा समेत विशेषरूपले आवाज उठाउँने एकजना बौद्धिक व्यक्ति हुन् । साथै सन् २००८मा काश्मीरको भविष्य काश्मीरी जनताहरूलाई नै फैसला गर्न दिनर्ुपर्छ भन्ने -विवादास्पद) अभिव्यक्ति दिएर उनी आलोचित पनि भएकी छन् । अमेरिका र पश्चिमाहरूले युद्धलाई नै शान्तिको रूपमा व्याख्या गर्न खोजेको आरोप लगाउँने उनै अरुन्धती रोयले दन्तेवाडा क्षेत्रमा प्रत्यक्ष भ्रमण गरी त्यहाँ जे देखिन् सोही विषयलार्इर्र्झण्डै औपन्यासिक भाषाशैलीमा अभिव्यक्ति दिएकी छिन् ।
मध्य भारतका छत्तीसगढ, झारखण्ड, उडिसा, आन्ध्र प्रदेश, बिहार र पश्चिम बंगालका दर्ुगम
आदिबासर्ीर् इलाकाहरू वन, कोइला, खनीज तथा नदी जस्ता प्राकृतिक स्रोतहरूले सम्पन्न मानिन्छन् । यी स्रोतहरू बहुराष्ट्रिय उद्योगहरूका नजरबाट लुकेका छैनन् र तिनको उत्खनन र प्रशोधन गर्नका लागि विशाल परियोजनाहरू सञ्चालन गर्दा स्थानीय आदिबासीहरू विस्थापित हुनुपर्ने र परिणास्वरूप उनीहरूका सनातन अधिकार र तिनको मौलिक पहिचान सदाका लागि समाप्त हुनसक्ने भयका कारण त्यहाँ स्रोतको उपयोग गर्न चाहने सरकार, ठूला व्यापारिक कम्पनी र आफ्नो अस्तित्व रक्षाका लागि भयभीत आदिबासी समूहबीचको मनोविज्ञानले उत्पन्न गरेको द्वन्द्वलाई अरुन्धती रोयले आर्थिक, सामाजिक, सांस्कृतिक, राजनैतिक तथ्य र सत्यहरूलाई केलाउँदै मिहिनरूपले व्याख्या-विश्लेषण गरेकी छिन् । चारुमजुमदारले नक्सलबाडीबाट सुरु गरेको माओवादी सशस्त्र आन्दोलन उनको हत्याको दश वर्षछि सन् १९८० देखि पुनः सङ्गठित भएका नक्सलवादीहरूले आदिबासीहरूलाई कसरी आकषिर्त गरे र आफ्नो अभियानलाई कसरी बिस्तार गर्दै गए भन्ने विषयलाई अरुन्धतीले अत्यन्तै शूक्ष्म विश्लेषण गर्दै उजागर गरिदिएकी छिन् ।
अरुन्धतीले दन्तेवाडामा भेटेका माओवादी नेता, कार्यकर्ता तथा लडाकुहरूको दिनचर्याको चित्रण त छँदैछ उनीहरूको वैचारिक स्तर र मनोदशाको बारेमा पनि पर्याप्त विश्लेषण गरेकी छन् । त्यसै गरी उनले सत्तारूढ प्रधानमन्त्री मनमोहन सिंह र गृहमन्त्री पी. चिदम्वरम्को पनि कडा आलोचना गरेकी छिन् भने अनेकौँ हाँगामा बाँडिएका भारतीय कम्युनिस्ट पार्टर्ीीको वर्तमान हैसियत र भविष्यलाई समेत उनले चिरफार गरेकी छिन् । एक वर्षअगाडि नै उनले पश्चिम बंगालको भाकपा मर्क्सवादीको सरकारको पतनको सम्भावनाबारे गरेको विश्लेषणलाई गत अप्रिलमा भएको राज्यसभाको निर्वाचनमा ममता बेनर्जी-अखिल भारतीय तृणमूल कांग्रेसकी नेतृ)को सत्तारोहणले प्रमाणित गरिदिएको मात्र होइन कि यसले अरुन्धतीको विश्लेषण क्षमतालाई अर्थपर्ूण्ा पनि बनाइदिएको छ ।
के भारतीय माओवादी आन्दोलनलाई अरुन्धतीले र्समर्थन गरेकी हुन् त – सारमा त्यस्तो नदेखिएता पनि राज्यले पिछडिएको वर्ग, लिंग, जाति र क्षेत्रलाई यथोचित ध्यान दिनुको सट्टा सामाजिक न्याय र विकासका लागि आवाज उठाउने आदिबासर्ीर् इलाकामा प्रशासनिक दमन र गैरन्यायिक हत्याको भने उनले खुलेरै विरोध गरेकी छिन् । साथै उनले माओवादीहरूबाट भएका ज्यादतीपर्ूण्ा क्रियाकलाप र हत्याको पनि बचाव नगरीकनै मानवअधिकार को कसीबाट तिनको पनि झीनो आलोचना गरेकी छिन् । तर पनि उनीेले दन्तेवाडा र दण्डकारण्य क्षेत्रका माओवादी गतिविधिलाई कलात्मक ढङ्गले महिमामण्डित गरिदिएकी छन् र भारत सरकारलाई पक्कै पनि चिढाएकी छन् । साथै सत्य र संवेदनशील विषयवस्तुहरूलाई पनि र्सार्वजनिक सञ्चारगृहहरूले तोडमरोड गरेर फैलाउने भ्रमको बारेमा पनि उनले खुलस्त पारिदएकी छिन् ।
अरुन्धतीको विश्लेषणमा भारतीय माओवादी व्रि्रोह बल प्रयोगले समाधान हुनसक्दैन । उनले दन्तेवाडालाई तह लगाउन भारतीय सरकारले अघि सारेको ‘अपरेशन ग्रीन हन्ट’ जस्तो फौजी कदमलाई आत्मघाती ठहर्याएकी छिन् र त्यसको बदलामा सामाजिक न्यायको सिद्धान्तमा यस समस्यालाई छलफलबाटै समाधान गरिनर्ुपर्छ भन्ने मान्यता राखेको देखिन्छ । साथै उनले भारतीय माओवादी आन्दोलनलाई गरेको प्रश्न पनि उत्तिकै महत्वपर्ूण्ा छ । उनले रूस र चीनको उदाहरण पेश गर्दै स्रोतको दोहनको अनिवार्यतालाई अस्वीकार गरेकी छैनन् । उनी भन्छिन् ‘एकछिन मानौँ कि माओवादीको हातमा सत्ता गयो भने के उनीहरूले स्रोतको दोहन गर्नुपर्दैन – त्यसका लािग खानी, बाँध, उपनिवेश, उत्पीडन, युद्ध चाहिन्छ । कथा उही हो पात्रमात्रै नयाँ ।-अर्थात् उसो भए दन्तेवाडामा यो सबै के भइरहेको छ त -)’ तत्कालै उनी भन्छिन् ‘पँूजीवाद र साम्राज्यवादका सामू घँुडा नटेकीकन त्यसको हैकमविरूद्ध लड्ने जनता र तिनको भूमिबाट मात्रै सङ्कटग्रस्त संसारको विकल्प आउन सक्छ ।’ यी दर्ुइ भनाइहरू परस्पर विरोधी छन् । यसरी अरुन्धतीले भारतीय भूमिमा भइरहेको सशस्त्र व्रि्रोहभित्र रहेको यथार्थलाई जोडदाररूपले केलाए पनि समाधानको कुनै विकल्प दिन सकेको भने देखिन्न ।
अहिंसावादी गान्धी, गान्धीवाद र समाजवाद दुवैलाई चुनौती दिने अम्बेडकर, इन्दिराको सङ्कटकालविरूद्ध उठेका जे.पी. नारायणदेखि हाल उदाउँदै गरेका इन्दिरा गान्धीका नाति राहुल गान्धीसम्मलाई टिप्पणी गर्न भ्याएकी अरुन्धतीले भारतको कर्मचारीतन्त्र र राजनैतिक नेतृत्वमा व्याप्त भ्रष्टाचारलाई पनि छताछुल्ल पारिदिएकी छन् । विश्वमै आर्थिक महाशक्तिको रूपमा उदाउँदै गरेको भारतको देदीप्यमान चेहराको पछाडि रहेको वास्तविकतालाई अरुन्धतीले बिना सङ्कोच छरसस्ट पनि पारिदिएकी छन् ।
यहाँनेर उल्लेख गर्नै पर्ने कुरा के हो भने लेखिकाले प्रयोग गरेको उच्चस्तरीय भाषा, विषयवस्तुको नाटकीय
उठान, उनको अध्ययनको दायरा तथा राज्य, सत्ता, समाज र जीवनमाथिका तर्क र विश्लेषणहरू भने साँच्चि नै आकर्ष र विचारोत्तेजक छन् । तर पनि समस्या समाधानका लागि उचित सुझाव पेश गर्न नसक्नु अरुन्धतीको कमजोरी हो । अनुभवहरूले के सिद्ध गरिसकेका छन् भने गृहयुद्धले भारी विनास र झन् गहिरो सङ्कटलाई नै निम्त्याउँछ । हिंसाको बदला हिंसा र युद्धको बदला युद्धले कुनै पनि अर्थमा समस्याको समाधान दिन सक्दैन । दन्तेवाडा र दण्डकारण्य क्षेत्रको माओवादी गतिविधिमाथि त्यति नजिकबाट अध्ययन गर्न भ्याएकी अरुन्धतीले समस्या समाधानका लागि द्वन्द्वरत पक्षहरुलाई उचित सुझावहरू पनि पेश गरेकी भए उनको आलेखको महत्व निकै बढ्ने थियो ।
नरेन्द्र पराशर
नयाँ पत्रिका दैनिक : २०६८।७।५

No comments:
Post a Comment